×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

झापा– ३ मा लिङ्देन भर्सेस सिटौला, अनिर्णित र असन्तुष्ट मतदाता निर्णायक

राप्रपालाई बागीको डर, विरासत फर्काउने प्रयासमा कांग्रेस

कात्तिक २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा झापा–३ मा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर मत माग्ने, स–साना कोण सभा गर्ने र आफ्नो कुरा सुनाउने काममा व्यस्त छन् । 

Muktinath Bank

‘हेवी–वेट’ उम्मेदवार रहेको झापा–३ मा यस पटक पनि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् ।


Advertisment
Nabil box
Kumari

राप्रपा अध्यक्ष लिङ्देनलाई एमालेको समर्थन छ । तर, एमालेको केन्द्रीय निर्णयविपरीत एमालेका स्थानीय नेताले डम्बरबहादुर गिरीले बागी उम्मेदवारी दिएका छन् । 

Vianet communication
Laxmi Bank

सिटौला कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साझा उम्मेदवार हुन् ।  

२०७४ को चुनावमा पनि लिङ्देन र सिटौलाले नै चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पनि लिङ्देनलाई एमालेको समर्थन थियो । एमालेको सहयोगमा लिङ्देन संसद छिरेका थिए । त्यसबेला, राप्रपाले देशभरमा एक सिट मात्रै जित्दा त्यसको रेकर्ड लिङ्देनले नै बनाएका थिए ।

कांग्रेस नेता सिटौला भने अघिल्लो चुनावको नतिजा उल्ट्याउने दावीसहित चुनावी स्पर्धामा छन् । लिङ्देन पनि आफ्नो विजय इतिहास कायम राख्ने दावी गर्छन् ।  

राज्नेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष लिङ्देनले विगत ५ वर्षका कांग्रेस नेता सिटौलाले अहिलेसम्म गरेकोभन्दा दोब्बर काम गरेका कारण जनताले आफूलाई विश्वास गरेको दावी गर्छन् ।

एमालेको सहयोगमा चुनाव जित्दै आएका लिङ्देनलाई भने बागी उम्मेदवार गिरीले चुनौती थपेका छन् ।  

गिरी गत स्थानीय तहको चुनावमा हल्दीबारी गाँउपालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए । त्यसबेला उनले चुनाव जित्न सकेनन् ।

अघिल्लो कार्यकालमा भने उनी गाउँपालिकाको उपाध्यक्ष थिए । उनले प्रतिनिधि सभा चुनावमा झापा–३ बाट टिकटको दावी गरेका थिए तर, एमाले अध्यक्ष केपी ओलीले झापा–३ मा लिङ्देनलाई सघाउने निर्णय गरिदिए । टिकट नपाएपछि गिरीले ओलीको निर्णयलाई चुनौती दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा लिङ्देनले ४४ हजार ६१४ मत पाउँदा कांग्रेसका सिटौलाले ३१ हजार मत मात्रै पाएका थिए । 

यस  पटक झापा–३ मा लिङ्देन र सिटौलासहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

असन्तुष्ट मतदाता निर्णायक

झापा–३ को चुनावी प्रतिस्पर्धा यस पटक पनि रोचक हुने स्थानीय मतदाता बताउँछन् । दुई उम्मेदवारको तीब्र प्रतिस्पर्धाका बीच कसले बाजी मार्छ भन्ने अहिल्यै आकलन गर्न सकिहाल्ने अवस्था छैन । 

सम्बन्धित उम्मेदवारसँग असन्तुष्ट रहेका मतदाताको ‘मुभ’ कस्तो हुन्छ भन्ने कुराले नतिजा प्रभावित हुने झापा–३ का मतदाताको विश्लेषण छ ।

‘मतदाता दुवै उम्मेदवारसँग असन्तुष्ट छन् । लिङ्देन र सिटौला दुवैलाई मन नपराउने मतदाताको संख्या ठूलो छ । उनीहरूले कसलाई मत दिन्छन् भन्ने कुराले यहाँको निर्वाचन नतिजा प्रभावित हुन्छ’, हल्दिबारीका स्थानीय भक्तबहादुर भण्डारीले भने । भण्डारी कम्युनिष्ट पृष्ठभूमिका मतदाता हुन् । २०१५ सालमै कम्युनिष्टको झण्डा बोकेर राजनीतिमा लागेको उनले बताए ।

भण्डारीले भने ‘यो पटक गत वर्षको भन्दा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । बागी उम्मेदवारले एमालेको केही भोट काट्छन् । एमालेका असन्तुष्ट कार्यकर्ताले जता भोट हाल्छन् उसैको पल्ला भारी हुने देखिएको छ ।’

त्यसबाहेक, झापा–३ मा अनिर्णित मतदाताको संख्या पनि ठूलो छ । उनीहरू लिङ्देन रोज्छन् कि सिटौला भन्ने कुराले पनि संसद छिर्ने प्रमाण कसले पाउँछ भन्ने यकिन हुन्छ । 

यसअघिका ६ वटा चुनावमा मतदान गरेकी लक्ष्मी तिम्सिना नेताहरूको भाषणमा आधारमा भोट नहाल्ने बताउँछिन् । 

‘गाउँ समाजको अवस्था हेर्दा नेताको पहलमा परिवर्तन भएको देखिँदैन । खराबमध्ये कम खराबलाई छानेर भोट दिनुपर्ने अवस्था छ’, उनी भन्छिन्, ‘नेताको भाषण सुनेर भोट दिने दिन गए । एउटै काम सबै नेताले मैले नै गरेको भन्छन् । हामीले कसको कुरा पत्याउने ?’

विजय ठाकुर

झापा–३ का अर्का मतदाता विजय ठाकुरले स्वास्थ्य, शिक्षा, विकास निर्माणमा आदिमा जसको बढी योगदान छ उसैलाई मत दिने सोचाइमा रहेको बताए ।

स्थानीयले खानेपानीको अभाव, सडकको दुरावस्था, जंगली हात्तीको आतंक सधैं भोग्नु परेको गुनासो गरे । त्यसबाहेक, समयमा मल–बिउ नपाउने, उत्पादनले उचित मूल्य र बजार नपाउने समस्याले नेताहरूले ध्यान नदिएको गुनासो पोखे । यिनै समस्यालाई समाधान गर्न पहल गर्ने दल र नेता हेरेर मत दिने अर्का मतदाता सुरेन्द्र भट्टराईले बताए । 

सुरेन्द्र भट्टराई

कतिपय मतदाताले भने झापा–३ मा युवाहरूको मुद्दा उठाउने उम्मेदवार खोजेका छन् । तर, उम्मेदवार भएकामध्ये युवाको मुद्दामा ध्यान दिएका व्यक्ति नपाएको उनीहरूको गुनासो छ ।

युवालाई अघि बढाउने भनेर आएका स्वतन्त्र उम्मेदवार पनि विश्वास गरिहाल्ने प्रकृतिका नभएको उनीहरूले बताए । उनीहरूको एजेन्डा पनि राप्रपा र कांग्रेसको भन्दा फरक नरहेको स्थानीय युवा मतदाताहरू बताउँछन् ।

पंकज साह

‘स्थानीय जनताको आवश्यकता र विकासमा ध्यान दिने नेतृत्व रोजेर मत दिन्छु । तर, अहिले नै कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन’, युवा मतदाता पंकज साहले भने ।

हल्दीबारी गाउँपालिकाको पाराखोपी बजारमा डकर्मी काम गर्दै आएका सुवासचन्द्र राजवंशी भने जसलाई मत दिए पनि आफ्नो सुखको दिन नआएको बताउँछन् ।

सुवासचन्द्र राजवंशी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x