२८ जेठ २०८३, बिहीबार

सवारीसाधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा स्पष्टीकरण

कात्तिक २६, २०७९
सवारीसाधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा स्पष्टीकरण
प्रतिकात्मक तस्वीर

निर्वाचन आयोगले मधेश प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारीसाधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

नम्बर प्लेट समेत नदेखिने गरी सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ ।

‘तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारीसाधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ । उक्त सवारीसाधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ ? यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारीसाधन प्रयोग भएको हो भने तपाईंको कार्य निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को खण्ड (द) र दफा १४ को खण्ड (ग) को विपरीत हुने भएकोले तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही हुनु नपर्ने कारण के छ ?’

आचारसंहिताको दफा १३ जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (द) मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न प्रचारप्रसार गराउन नहुने व्यवस्था छ । 

आचारसंहिताको दफा १४ को उपदफा (ज्ञ) को खण्ड (क) मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईपांग्रे वा तीनपांगे्र वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा ४ घोडा प्रयोग गर्नसक्ने तर विदेशी नम्बर प्लेटको सवारीसाधनलाई त्यस्तो अनुमति दिइने छैन भन्ने व्यवस्था छ । 

सोही दफाको उपदफा (१) को खण्ड (२) मा कुनै पदको निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको संख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । सोही दफाको उपदफा (१) को खण्ड (ग) मा खण्ड (क) र (ख) बमोजिम अनुमति प्राप्त गरेका सवारीसाधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्