२१ असार २०८३, आइतबार

कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

कात्तिक २९, २०७९
कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ ।

कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ केन्द्रीय परिचालन समितिले मंगलवार मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) पार्टीका पूर्व उपसभापति श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्