२६ असार २०८३, शुक्रबार

बसले मोटरसाइकललाई ठक्कर दियो, २ को मृत्यु

कात्तिक २९, २०७९
बसले मोटरसाइकललाई ठक्कर दियो, २ को मृत्यु

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती सीता देबी मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले बस चालक मोरङ सुन्दरहरैचाका भुपाल देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्