०२ साउन २०८३, शनिबार

चुनावी सुरक्षाको सबै तयारी पूरा, ४० स्थानको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने

चुनावी सुरक्षाको सबै तयारी पूरा, ४० स्थानको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने

निर्वाचन सुरक्षाको सबै तयारी पूरा भएको गृह मन्त्रालयले जनाइएको छ । 

आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोदप्रकाश सिंहले चुनावी सुरक्षाका लागि सबै तयारी पूरा भएको बताएका हुन् । 

गृहसचिव सिंहका अनुसार देशभरका सबै मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर पूर्वतयारी गरिसकेका छन् ।

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी गराएको हो । 

साथै देशभर ४० स्थानको मतपत्र हेलिकप्टरबाट ढुवानी गरिने मन्त्रालयले जनाएको छ ।

विभिन्न स्थानमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले ९०३ स्थानमा बम डिस्पोजल टोली तैनाथ गरेको जनाएको छ । 

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता छन् ।

देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र छन् ।

salt training

कमेन्ट गर्नुहोस्