मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका सरकारले देशका विभिन्न ४ स्थानमा नेपाली सेनाको हेलिकोप्टर तैनाथ गर्ने जनाएको छ ।
आज गृह मन्त्रालयमा गरिएको पत्रकार यसबारे सरकारले जानकारी दिएको हो । गृहसचिव विनोद प्रकाश सिंहका अनुसार इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टर तैनाथ गरिएको हो ।
साथै, देशका जुनसुकै मतदान केन्द्रमा बढीमा ३० मिनेटमा पुग्ने सेनालाई परिचालन गरिएको छ भने हवाइ गस्तिसमेत हुने जनाएको छ ।