२० असार २०८३, शनिबार

मकवानपुरका सबै मतदान केन्द्रमा उच्च सुरक्षा

मकवानपुरका सबै मतदान केन्द्रमा उच्च सुरक्षा

जिल्ला सुरक्षा समिति मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढंगबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन भइसकेको र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।
 
बैठकमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीले मकवानपुरको ३६४ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।

जिल्लाका २० अति संवेदनशील, केही संवेदनशील र बाँकी सबै मतदान केन्द्रमा उच्च सुरक्षा दिनका लागि सुरक्षाकर्मी खटिइसकेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रत्येक मतदान केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले सुरक्षा दिने सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलले जानकारी दिए । मकवानपुर जिल्लामा २ निर्वाचन क्षेत्र र ३ लाख ७७८ मतदाता रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्