
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले कञ्चनपुरका सबै मतदानस्थलहरू अपाङ्गमैत्री बनाउने जनाएको छ । अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको मतदानमा पहुँच पु¥याउने उद्देश्यले सबै मतदान केन्द्र अपाङ्गमैत्री बनाइन लागेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए ।
“अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी मतदानस्थल निमार्ण गर्छौं”, उनले भने, “भौतिक अवस्थाले भ्याएसम्म सबै केन्द्रमा अपाङ्गमैत्री बनाउँछौँ ।” अपाङ्गता भएका व्यक्तिलाई अन्य मतदाताझैँ मतदान केन्द्रहरूमा पुग्न सक्ने व्यवस्था गरिने उनले बताए ।