
दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छन् ।
उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई एक हजार ८०८ मतान्तरले पछाडि पार्दै अग्रता लिइरहेकी हुन् ।
२० हजार ६७८ मत गणना हुँदा शर्माले आठ हजार ६१६ र पोखरेलले ६ हजार ८०८ मत प्राप्त गरेका छन् ।
यो अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार कृष्णबहादुर महराले जितेको क्षेत्र हो ।
त्यतिबेला पोखरेल प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्रीसम्म बनेका थिए । माओवादी उम्मेदवार शर्मा भने पूर्वमन्त्री हुन् ।