२१ असार २०८३, आइतबार

कालीकोट प्रदेश सभा-१ बाट माओवादीका रावत निर्वाचित

कालीकोट प्रदेश सभा-१ बाट माओवादीका रावत निर्वाचित

कालीकोटको प्रदेश सभा-१ बाट नेकपा माओवादी  केन्द्रका दुर्गबहादुर रावत सदस्यमा निर्वाचित भएका छन् । 

एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । खसेको ३१ हजार मतमध्ये रावतले ९ हजार ११ ल्याएर विजय हुँदा शाहीले सात हजार ९५२ मत प्राप्त गरे । 

रावत सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन । २०७४ मा यसै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित कुर्मराज कर्णाली प्रदेशसभामा तत्कालीन माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी निर्देशनविपरीत विश्वासको मत दिएपछि निलम्बनमा परेका थिए । 

त्यसपछि उनी गैरसांसदको रूपमा ६ महिना प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका थिए । नेकपा एकीकृत समाजवादीबाट टिकट नपाएपछि उनी उम्मेदवारी दर्ता गर्नुपूर्व एमाले प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्