चैत ६, २०७९
वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इत्र्वाबाट एकसय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्प...
काठमाडाैं | मंसिर १०, २०७९
सडक बालबालिकाहरूलाई वंशजको आधारमा नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिहरूले सहयोग गर्न आवश्यक रहेको अधिकारकर्मीहरूले बताएका छन् । कोही पनि सडक बालबालिकाहरू आफ्नो पहिचान पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्दै त्यसलाई मूर्त रुप दिन आफ्नो क्षेत्रमा रहेका सडक बालबालिकाहरूका लागि स्थानीय जनप्रतिनिधिहरूले स्वविवेकले लचकता अपनाइ नागरिकता पाउने अधिकारका लागि पहल गर्नुपर्ने बताएका हुन् ।
अधिकारकर्मीहरूले सडक बालबालिकाहरू पनि नागरिकता पाउने अधिकारबाट बञ्चित हुनु नहुने भन्दै नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारको पहलकदमी आवश्यक रहेको बताए । बालबालिकाको अधिकार र नागरिकतामा काम गर्दै आएका अधिकारकर्मी अधिवक्ता दीपेश श्रेष्ठले नेपालमा पितृत्व र मातृत्वको ठेगान नभएको सडक बालबालिकाहरूको नागरिकताको अधिकार नेपालको संविधानले नै प्रत्याभूत गरेको बताए । उनले नेपालको संविधानले नै नेपाल भित्र फेला परेको पितृत्व र मातृत्व ठेगान नभएका हरेक बालबालिकाहरूको बुबाआमा ठेगान नभएसम्म उनीहरूलाई वंशजको आधारमा नेपाली नागरिक ठहरिने व्यवस्था गरेको उल्लेख गरे ।
श्रेष्ठले नागरिकताका लागि सडक बालबालिकाहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पेश गर्नुपर्ने बताए । निवेदन पेश गर्दा नेपाल सरकारबाट स्वीकृत प्राप्त गरेको कुनै संघसंस्था वा अनाथालयमा हुर्किएको प्रमाण पत्र पनि प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउन आवश्यक रहेको बताए । नेपालको कानून बमोजिम संरक्षकत्वको अधिकार प्राप्त गरेर कुनै बालबालिकालाई आफ्नो संरक्षकत्वमा राखेको छ भने संरक्षण प्राप्त गर्ने व्यक्तिको पनि नागरिकताको प्रतिलिपि बुझाउनु अनिवार्य रहने बताए ।
अधिकारकर्मी श्रेष्ठले सूचीकृत नभएका अनाथालय वा संघसंस्थामा रहेका बालबालिकाहरूका लागि भने नागरिकता बनाउन केही कठिनाइ हुने बताए । उनले यदि सूचीकृत नभएका संघसंस्थाहरूमा हुर्किएका बालबालिकाहरूले स्थानीय सरकारको सहयोगमा नागरिकता पाउनसक्ने व्यवस्था रहेको जानकारी दिए ।
वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इत्र्वाबाट एकसय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्प...
इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ शुरू भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ शुरू भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड...
राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जना...
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्यालीको आयोजना गरिएको ह...
काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ । छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्य...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...