२६ असार २०८३, शुक्रबार

पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखविरुद्ध मुद्दा दायर

मंसिर १३, २०७९
पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखविरुद्ध मुद्दा दायर

सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख लगायतविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख लगायतले भ्रष्टाचार गरिएको पाइएको उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनीयर विनोद पुन, सबइन्जिनीयर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरूविरुद्ध आयोगले ७ लाख १४ हजार ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भरपाई बनाइको पाइएकाले आरोपीसँग बिगो बमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ । आयोगले सुन्दरडाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध ७ लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्