३१ असार २०८३, बुधबार

सुनसरी–४ (२) मा मन्सुरी विजयी

मंसिर १४, २०७९
सुनसरी–४ (२) मा मन्सुरी विजयी

सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी  भएका हुन् । उनले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । 

मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गरे । विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्