माघ १९, २०७९
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...
काठमाडाैं | मंसिर १५, २०७९
बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको म्यादी प्रहरीको जागिर सकिएको ६ दिनमा हत्या भयो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रेम शाहीले उनी भर्खरै म्यादी प्रहरी सकाएर आएको बताए ।
‘उनी प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरी भएको खुलेको छ । तर, उनको हत्या कसले किन ग¥यो भन्ने खुलेको छैन । हामीले अनुसन्धान गरिरहेका छौँ’, इन्स्पेक्टर शाहीले लोकान्तरसँग भने ।
उनकी भदैनी १५ वर्षीया नेहा पनि घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । गम्भीर घाइते नेहाको अहिले डडेल्धुरामा उपचार भइरहेको प्रवक्ता शाहीले बताए ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार घाइते नेहाले अचेत अवस्थामा ‘टाइगर’ भन्ने बोलिरहेकी छन् । नेहाले आफूलाई मोबाइल दिएर टाइगरले मायालाई जंगलमा लगेको र पछि आएर आफूलाई पनि आक्रमण गरेको प्रहरीलाई अचेत अवस्थामै बताएको ती अधिकारीले लोकान्तरसँग भने ।
कसरी भयो हत्या
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग मंगलवार बिहान घरबाट लुगा सिलाउन पञ्चेश्वर गाउँपालिका–३ कुलाउतर्फ निस्केका थिए ।
करिब डेढ घण्टाको दूरीमा रहेको लुगा सिलाउने ठाउँबाट उनीहरूसँगै गएका अन्य २ जना साथीहरू फर्किए । तर, नेहा र माया भने फर्किएनन् । कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरू त्यहीँ बसेको परिवारका सदस्यहरूले अनुमान गरे । तर, उनीहरू दोस्रो दिन बिहानसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरे । आफन्तसँग खोजी गर्दा पनि उनीहरू फेला परेनन् ।
त्यसपछि परिवारका सदस्य र गाउँलेहरूले अन्य संभावित ठाउँमा माया र नेहाको खोजी गरे । नेहालाई बुधवार दिउँसो गोठालोहरूले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा फेला पारे । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
मायाको शव शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको प्रवक्ता प्रेम शाहीले लोकान्तरलाई बताए । शाहीका अनुसार मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिइन् ।
घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीको संलग्नता रहेको आशंका गरेका छन् । ती सशस्त्र प्रहरी जवान बिदामा घर आएका थिए । केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेको प्रहरीको अनुसन्धानमा देखिएको छ । त्यसबेला घरमा सोधी–खोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती सशस्त्र प्रहरी जवान अहिले फरार छन् । फरार रहेकाले पनि उनीप्रति शंका बढेको स्थानीयले बताएका छन् ।
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...
अरूको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चो...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका –३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
पर्वतको कुश्मा नगरपालिका-५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ ...
बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...