२२ असार २०८३, सोमबार

प्रसुति सेवा समयमा नपाउँदा जनप्रतिनिधिको मृत्य

मंसिर १८, २०७९
प्रसुति सेवा समयमा नपाउँदा जनप्रतिनिधिको मृत्य

प्रसुति सेवा समयमै नपाउँदा कपिलवस्तुमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ की वडा सदस्य माधुरी लोहारको प्रसुति सेवा समयमा नपाउँदा शनिवार राति निधन भएको भएको हो ।

जनता समाजवादी पार्टी नेपालबाट स्थानीय तहको निर्वाचनमा दलित तर्फबाट वडा सदस्यमा निर्वाचित २९ वर्षीय लोहारको सुत्केरी व्यथाले च्यापे पनि उनको क्षेत्रमा समयमा उपचार नपाउँदा मृत्यु भएको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन् । ‘उहाँको गाउँमा, क्षेत्रमा प्रसुति गराउने अस्पताल नै छैनन्, व्यथाले च्यापेपछि बुटवलमा पु¥याउन समय लागेकाकाले यस्तो घटना भएको हो, समयमा भएको भए यस्तो अवस्था आउने थिएन’ यादवले भने । मृतक लोहारलाई थप उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक  अस्पतालमा ल्याइए पनि उपचार सम्भव नभएको उनले बताएका छन् ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भने प्रसुति सेवा नपाएकै कारण लोहारको निधन नभएको बताए । गाउँपालिकामा बर्थिङ सेन्टर रहेको तर लोहारको पेटमा रहेको बच्चामा समस्या देखिएकाले थप उपचारका लागि स्वास्थ्यकर्मीको सल्लाहमा बुटवलमा पठाइएको बताए । तर, अस्पताल लैजाँदै गर्दा बच्चा र आमा दुवैको मृत्यु भएको थापाले दाबी गरे ।


 

salt training

कमेन्ट गर्नुहोस्