बंगलादेशविरुद्ध शृंखलाको पहिलो एकदिवसीयमा भारतका स्टार ब्याट्स्म्यान विराट कोहलीलाई लिटन दासले रोमाञ्चकारी क्याचमार्फत आउट गराएका छन् ।
आइतवार ढाकामा भइरहेको खेलमा दासले कभर पोजिसनमा रही दायाँतर्फ डाइभ हानेर कोहलीको क्याच लिएका थिए ।
शकिब अल हसनको खतरनाक बलमा शट हान्न खोजेका कोहलीलाई दासले सुन्दर क्याच गरेर मैदानबाहिर पठाएका हुन् । उनले दुवै हातमा क्याच समातेका हुन् ।
क्याच आउट भएपछि कोहली स्तब्ध भएका थिए । कोहली जम्मा ९ रन बनाएर आउट भएका थिए ।
समाचार तयार पारुन्जेलसम्म भारतले ३७.३ ओभरमा आठ विकेट गुमाएर १६७ रन बनाएको छ ।
Captain Litton Das takes a magnificent catch. #ViratKohli𓃵 #IndiavsBangladesh pic.twitter.com/t3VZUH1P2P
— Sharnam Monga (@SharnamMonga31) December 4, 2022