२५ जेठ २०८३, सोमबार

मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

मंसिर १९, २०७९
मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । 

मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट संकलन गरिएको ४ लाख ३२ हजार ९५ रुपैयाँ आइतवार हस्तान्तरण गरिएको हो ।

गत कात्तिक ७ गते आगलागीबाट एकघरमा रहेको ४ पसल, होटल, बेकरी तथा घरमा गरी करोडौंको क्षति भएको थियो । 

यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । संकलित रकम घरधनी दीपक दुलाललाई १ लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई २ लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई ७० हजार र होटल व्यवसायी रीना गौतमलाई ५० हजार रुपैयाँ वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।

यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट संकलित ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य संघले पनि ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्