३० असार २०८३, मंगलबार

प्रहरीको नाममा नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

मंसिर २०, २०७९
प्रहरीको नाममा नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोल बस्ने १८ वर्षका करण महतोलाई पक्राउ गरेको हो । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा मंगलवार पक्राउ गरिएको हो । साइवर ब्यूरोबाट खटिगएको टोलीले उनलाई चितवनबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्