माघ २०, २०७९
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए । पार्टीले राजनीतिक प्...
यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।
निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए ।
यस्तै नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले रु १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले रु एक लाख १६ हजार, विक्रमबहादुर शाहीले रु दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले रु चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ रु ३१ लाख, प्रदेशसभा (१)का लागि रु २१ लाख र प्रदेशसभा (२) का लागि रु १९ लाख खर्चको सीमा तोकिएको थियो ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए । रासस
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए । पार्टीले राजनीतिक प्...
कांग्रेसले शनिबार बस्ने गरी विपक्षी मोर्चाको बैठक बोलाएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष, लुम्बिनीमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनसहित विषयमा छलफल गर्न कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको हो । ...
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले कुनै गम्भीर समस्या नआएको बताएका छन् । गाडी बानेश्वरको सडक डिभाइडरमा ठोकिएपछि सिभिल अस्पतालमा उपचाररत भूसालले आफूलाई चोट...
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आपसी सहमति, सहकार्य र समझदारीबीना देशको निकास, विकास र समृद्धि हासिल हुन नसक्ने बताएका छन् । यसतर्फ सबै राजनीतिक नेतृत्व र दलहरू बुद्धिमत्तापूर्वक दूरदृष्टिका साथ गम्भ...
सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयले तनावको स्थिति उत्पन्न भइरहेका बेला माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ब्याक टु ब्याक वार्ता भएको छ । बिहीबार प्रधानमन्त्री एवं मा...
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार नेपाली नागरिक हो/होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ/छैन मात्र हेर्ने अधिकार आयोगलाई भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छल...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...