माघ १२, २०७९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दिने यस प्रतिष्ठित अवार्ड नेपाली क्रिकेटर शेखले जितेका आइसीसीले जनाएको...
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए ।
पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलामा नेपाल, भारत, युएइ, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र बृद्धिमा टेवा पु¥याउन पनि महत्वपूर्ण योग्दान पु¥याउने धारणा व्यक्त गरे ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए । उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहार्ने छ ।
नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे ।
सोही अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो । पुरुषमा रोहन डंगोल (कप्तान), मनीष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु रहेका छन् । महिलामा मनीषा घिसिङ (कप्तान), सुजा राई (उप कप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बालमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन छन् ।
दुईदिने प्रतियोगतिाका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दिने यस प्रतिष्ठित अवार्ड नेपाली क्रिकेटर शेखले जितेका आइसीसीले जनाएको...
कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुनेभएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने...
नेशनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने नि...
नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र प...
नेपाल क्रिकेट संघको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्न गठित समितिले बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । एकेन्द्र कुँवरको संयोजकत्व...
पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खे...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...