२८ जेठ २०८३, बिहीबार

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरोक्को भिड्ने

मंसिर २५, २०७९
विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरोक्को भिड्ने

कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा बुधबार राति अर्जेन्टिना र क्रोएसिया तथा बिहीबार राति फ्रान्स र मोरोक्को भिड्नेछन् । 
क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो भने क्रोएसियाले ब्राजिललाई स्तब्ध पार्दै अघिल्लो यात्रा तय गरेको हो । क्रोएसियाले पनि ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो । 

यस्तै गएराति सम्पन्न खेलमा मोरोक्कोले पोर्चुगललाई तथा आइतबार बिहानको खेलमा फ्रान्सले इङ्ग्ल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्