२५ जेठ २०८३, सोमबार

प्रदेश १ का नयाँ माननीयहरूलाई दिने गाडी तयार

मंसिर २५, २०७९
प्रदेश १ का नयाँ माननीयहरूलाई दिने गाडी तयार

प्रदेश १ प्रदेश सभा सचिवालयले नयाँ माननीयहरूका लागि गाडी तयारी अवस्थामा राखेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूका लागि गाडी तयारी अवस्थामा राखिएको हो । 

सत्तारुढ दलको संसदीय दलका नेता, प्रमुख सचेतक, त्यस्तै प्रमुख प्रतिपक्षी दलको नेता, प्रमुख सचेतक, प्रदेशको सबैभन्दा ठूलो दलको उपनेता, संसदीय समितिका सभापतिहरूलाई गाडी दिने गरिएको छ । मर्मत गरेर गाडीहरू संसद् सचिवालय प्रदेश १ विराटनगरको प्रांगणमा राखिएको संसद सचिवालयका सूचना अधिकारी प्रमोद विकले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्