२९ असार २०८३, सोमबार

भारतीय सेनामा भर्ना गरिदिन्छु भन्दै २ करोड ठगेको अभियोगमा पक्राउ

मंसिर २५, २०७९
भारतीय सेनामा भर्ना गरिदिन्छु भन्दै २ करोड ठगेको अभियोगमा पक्राउ

भारतीय सेनामा भर्ती गरिदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङ रहेका छन् । उनलाई  आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो । 

तामाङले करिब २५ जना युवाहरूलाई भारतीय सेनामा भर्ना गरिदिन्छु भनी जनही ५ देखि ६ लाख रुपैयाँ उठाई ठगी गरेको प्रहरीले जनाएको छ । युवाहरूले आफू ठगिएको भन्दै उजुरी दिएपछि इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्