२२ असार २०८३, सोमबार

पार्टी फुटेपछिको राप्रपाको केन्द्रीय बैठक हेटौंडामा हुने

कात्तिक २०, २०७४
पार्टी फुटेपछिको राप्रपाको केन्द्रीय बैठक हेटौंडामा हुने

काठमाडौं, ३० साउन - राप्रपाको केन्द्रीय समिति बैठक भदौ १ गते हेटौंडामा बस्ने भएको छ । नेता पशुपति समशेर जबराले पार्टी विभाजन गरेपछि राप्रपाको केन्द्रीय समिति बैठक वस्न लागेको हो ।

जबराले पार्टी विभाजनको गरेपछि निर्वाचन आयोगले प्रारम्भ गरेको सनाखत प्रकरण र भावी रणनीति बारे बैठकमा छलफल हुने बुझिएको छ । पशुपतिशमसेर पक्षको रित नपुगेको निवेदन खारेज गर्नुको सट्टा आयोगले सनाखत गर्न सुचना जारी गर्नु, आफैंले जारी गरेको सुचना किनारा नलगाइ पुनः सनाखतको समयावधि बढाउनुले निर्वाचन आयोगको विश्वसनीयता कमजोर हुने राप्रपाको धारणा रहेको राप्रपाले जनाएको छ ।

विभिन्न शक्ति केन्द्रको दबाब र प्रभावमा निर्वाचन आयोगले निर्णय गरेकोले सो निर्णय दुःखद र विडम्बनापूर्ण रहेको जनाएको छ । साथै राप्रपाले पार्टीको वर्तमान अवस्थाबाट विचलित नहुन पार्टी सदस्य र शुभेच्छुक शुभचिन्तकलाई राप्रपाले आग्रह समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्