२५ जेठ २०८३, सोमबार

नागरिक समाजको विरोधलगत्तै मण्डलामा अध्यादेशको पक्षमा नागरिक उन्मुक्ति पार्टीको प्रर्दशन

मंसिर २७, २०७९
नागरिक समाजको विरोधलगत्तै मण्डलामा अध्यादेशको पक्षमा नागरिक उन्मुक्ति पार्टीको प्रर्दशन

मुलुकी फौजदारी कार्यविधि–संहिता २०७४ को संशोधन अध्यादेशको पक्षमा नागरिक उन्मुक्ति पार्टीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । नागरिक अगुवाहरूले अध्यादेश फिर्ताको माग गर्दै प्रर्दशन गरेलगत्तै नागरिक उन्मुक्तिले पक्षमा प्रदर्शन गरेको हो । प्लेकार्डसहित माइतीघरमा भेला भएका नागरिक उन्मुक्ति पार्टी समर्थकले रेशम चौधरीको रिहाइको माग गरेका छन् । 

सरकारले रेशम चौधरीलगायतलाई छुटाउन आइतवार अध्यादेश जारी गरेको थियो । प्रतिनिधि सभामा चौधरीको पार्टीले ३ सीट जितेको छ । रेशम चौधरीका बुवा पनि स्वतन्त्र सांसद बनेका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरी रिहा हुनुपर्ने शर्त राखेपछि सरकारले उनलाई रिहा गर्न अध्यादेश ल्याएको हो । 

salt training

कमेन्ट गर्नुहोस्