०३ असार २०८३, बुधबार

मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याएको २४ लाखसहित एक युवक पक्राउ

मंसिर २७, २०७९
मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याएको २४ लाखसहित एक युवक पक्राउ

मोटरसाइकलको ट्यांकीभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाबाट एक भारतीय युवकलाई पक्राउ गरेको  छ । प्रहरीले मंगलवार भारत घर बताउने २३ वर्षीय उमेश कुमारलाई नियन्त्रणमा लिएको हो ।

धनुषाको बिदेह नगरपालिका ९ इटहर्वास्थित सीमा इलाकाबाट    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्