२१ जेठ २०८३, बिहीबार

भारतमा सबैभन्दा बढी ट्वीटर फ्लोअर्स मुख्यमन्त्री केजरीवालको

पुस १, २०७९
भारतमा सबैभन्दा बढी ट्वीटर फ्लोअर्स मुख्यमन्त्री केजरीवालको

विश्वमा सबैभन्दा वढी ट्वीटर प्रयोग कर्ता अमेरिकामा छन् । दोस्रोमा जापान र तेस्रोमा भारत पर्छ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सबैभन्दा वढी ट्वीटरमा फ्लोअर्स रहेको पाइएको छ । आम आदमी पार्टीका राष्ट्रिय​ संयोजक अरविन्द केजरीवालको २६.७ मिलियन अर्थत् दुई करोड ६७ लाख फ्लोअर्स छन् । सन् २०११ देखि ट्वीटरमा अकाउन्ट शुरु गरेका केजरीवालले भने २१६ जनालाई मात्र फ्लो गरेका छन् ।

त्यस्तै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको २२.८ मिलियन अर्थात् दुई करोड २८ लाख फ्लोअर्स छन् । सन् २०१५ मा उनले ट्वीटरमा अकाउन्ट बनाएका थिए । उनले आफू मात्र ५२ जनालाई फ्लो गरेका छन् ।

सोहीअनुसार मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका ८० लाख ८० हजार फ्लोअर्स छन् । उनले सन् २०१३ मा ट्वीटरमा अकाउन्ट बनाएका थिए । उनले आफू ३९४ जनालाई फ्लो गरेका छन् ।

अमेरिकामा कुल सात करोड ६९ लाख लाख यूजर्स छन् । जापानमा पाँच करोड ८९ लाख ट्विटरका प्रयोगकर्ता छन् । भारतमा जनसङ्ख्या बढी भए पनि यहाँ कुल दुई करोड ३६ लाखले मात्र ट्वीटर प्रयोग गर्नेगरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्