३१ जेठ २०८३, आइतबार

सहायक प्रजिअको किर्ते हस्ताक्षर गरी बैंकबाट ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

सहायक प्रजिअको किर्ते हस्ताक्षर गरी बैंकबाट ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रुपन्देहीमा लिखतसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई आइतवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तोषकुमार पोखरेलले लोकान्तरलाई बताए । दासलाई मटिहानी मन्दिरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरिए हो । उनले रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप लागेको छ ।

उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको डीएसपी पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्