
संसदीय दलको नेताका लागि उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगन थापाले सांसद्हरुको विवेकका कारण आफूले चुनाव जित्ने दावी गरेका छन् ।
बुधवार संसदीय दलको निर्वाचनको मतदानमा सहभागी हुनुपूर्व पत्रकारसँग कुरा गर्दै गगनले कांग्रेसको भविष्य र मतदाताको भावनाका बुझेर सांसदहरुले आफूलाई मतदान गर्ने बताएका हुन् ।
प्रधानमन्त्री पत्नी आरजु देउवाले हामी सजिलै चुनाव जित्छौ भन्नु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा गगनले भने, –‘आरजुसँग होइन शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्दैछु ।’
संसदीय दलको नेता छान्न बुधवार बिहान पौने ९ बजेदेखि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान भइरहेको छ ।