२२ जेठ २०८३, शुक्रबार

३० वर्ष कैद सुनाइएका विक पक्राउ

३० वर्ष कैद सुनाइएका विक पक्राउ

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका–५ बस्ने आरने माइला भन्ने मीनबहादुर विक कामीलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिबाना तथा १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–५ बुद्दनगरबाट पक्राउ गरेको हो । 

२०७० कात्तिकमा सालिकराम विकले २ जना महिलालाई प्रलोभनमा पारी दाङ लगेर मीनबहादुरको जिम्मा लगाएका थिए । मीनबहादुरले भारतको पञ्जाव लगेर बग्गी नाम गरेको मानिसलाई ति महिलाहरूजिम्मा लगाएको थिए । भारत पुगेपछि पीडित महिलाहरूले आफूहरू बेचिएको थाहा पाएपछि भागेर नेपाल फर्किएका थिए । उनीहरूले २०७० साल पुसमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी गरेपछि अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम विक तत्काल पक्राउ परेका थिए भने फरार मुख्य कसूरदार मीनबहादुर विकलाई अदालतले उक्त कैद, जरिबाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्