३१ असार २०८३, बुधबार

आजको मौसम : पूर्वी नेपालमा पश्चिमी न्यून चापी प्रणालीको प्रभाव रहने

आजको मौसम : पूर्वी नेपालमा पश्चिमी न्यून चापी प्रणालीको प्रभाव रहने

जल तथा मौसम विज्ञान विभागले आज नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेर सामान्य बदली रहने जनाएको छ । आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र तराईका भुभागमा हुस्सु र कुहिरो लाग्ने छ । 

विभागका अनुसार आज विहीबार प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, भोलि शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । तापक्रम क्रमिकरुपले घट्दैगएकाले चिसो बढ्नेक्रम जारी रहने छ । 

त्यस्तै, ९ गते शनिबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागको भनाइ छ । 

तराईको बाक्लो हुस्सु कुहिरो र उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेभएकाले देशभरको तापक्रम घट्नेहुनाले चिसोबाट जोगिन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्