२१ असार २०८३, आइतबार

पुस ८ गतेदेखि दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइँदै

पुस ८ गतेदेखि दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइँदै

सरकारले विविध कार्यक्रम गरी पुस ८ देखि १४ गतेसम्म दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ मनाउने भएको छ । २०५१ साल पुस ११ गतेदेखि पहिलो पटक ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको स्मरणमा सरकारले गत सालदेखि दिवस मनाउन शुरु गरेको थियो ।

‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ नारासाथ यो वर्ष दिवस मनाइने महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिवस ज्येष्ठ नागरिक महासंघ, स्थानीय सरकार तथा सरोकारवाला संघ संस्थासँगको सहकार्य र समन्वयमा मनाइने तयारी गरिएको छ । 

सो अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तथा जनचेतनामूलक कार्यक्रम गर्ने मन्त्रालयका सहसचिव आभा श्रेष्ठले जानकारी दिइन् । 

कमेन्ट गर्नुहोस्