२२ असार २०८३, सोमबार

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागमा हिमपात हुने

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टाभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र उच्च पहाड र हिमालमा हिमपात हुन भएपछि चिसो क्रमिकरुपमा बढ्ने विभागले जनाएको छ । 

विहानीको समयमा तराईका अधिकांश जिल्लामा हुस्सु लाग्नेभएपछि चिसो बढ्ने र त्यसबाट बच्न सावधानी अपनाउन विभागले आग्र गरेको छ । तराईमा हुस्सु र उच्च पहाडी भूभागमा हिमपात हुनेभएपनि दैनिक जीवन प्रभावित हुने र हवाई उडानमा समेत समस्या हुनसक्ने विभागको भनाइ छ ।

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको विभागको भनाइ छ । त्यसका कारण पहाडी भूभागमा आंशिक बदली कायमै रहने र तराईमा हुस्सु कुहिरो लाग्ने बताएको छ ।

विभागका अनुसार आज शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य ठाउँमा मौसम सफा रहनेछ । त्यस्तै, भोलि शनिबार पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

सोहीअनुसार पुस १० गते आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाइ छ । उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने अनुमान विभागले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्