२५ जेठ २०८३, सोमबार

सुन्दरबजार नगरपालिकामा कोसेली घर बन्दै

सुन्दरबजार नगरपालिकामा कोसेली घर बन्दै

लमजुङको सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा  कोसेली घर निर्माण गरिरहेको छ । 

स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण शुरू गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।     उनले भने, ‘पालिकाभित्रका वासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई तीव्रता दिएका छौं ।’

परम्परागत शैलीमा गोलाकारका २ तलाका कोसेली घर निर्माण भइरहेका उनको भनाइ छ । गत जेठबाट शुरू भएको कोसेली घरको निर्माण अन्तिम चरणमा पुगेको छ । कोसेली घरको माथिल्लो तल्लामा संग्रहालय हुनेछ । 

कोसेली घरमा स्थानीय स्तरमा उत्पादित जैविक मह, भटमास, कोदो, गुन्द्रुक, रक्सी, कागुनु, आलु, फापर लगायत अन्य तरकारी, हातले बुनेका सामग्री समेत राखिने छ । यहाँ राखिएका सामग्री अवलोकन तथा खरिद गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्