१४ असार २०८३, आइतबार

कांग्रेस नेता निधि अस्पताल भर्ना, अचानक के भयो उनलाई ?

कात्तिक २०, २०७४
कांग्रेस नेता निधि अस्पताल भर्ना,  अचानक के भयो उनलाई ?

काठमाडौं, ३१ साउन– सोमबार राति अचानक स्वास्थ्यमा समस्या आए पछि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि अस्पताल भर्ना भएका छन् ।

नेता निधिलाई हिजो राति ८ः३० बजे राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई ओम अस्पतालको बेड नंबर २०४ मा राखिएको छ । उनको उपचारमा अस्पतालका डाक्टर राहुल पाठक संलग्न छन् । अचानक पेट दुखेर अस्पताल पुर्याइएका भएका निधिलाई ग्यास्ट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाइ छ ।

नेता निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने डाक्टरले जानकारी गराएका छन् । उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधि आज बिहान बाढी प्रभाबित तराईका जिल्लामा जाने कार्यक्रम रहेको थियो । स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्