
नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन छाडेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू आक्रोशित बनेका छन् । सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यकर्ताहरूले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका हुन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले ‘बुझ्नेले स्वाहाँको बाटो रोजेकाले’ सबै कुरा बिग्रिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ࡕबुझेकै हो !!! बुझ्नेले स्वाहाँको बाटो रोजेपछि !!! आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’
सत्ता गठबन्धनमा रहेको प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्वका विषयमा कुराकानी नभएकाले गठबन्धन भत्किएको छ । सत्ता गठबन्धन भत्किएपछि एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेको छ । कांग्रेस, नेकपा एस र राष्ट्रिय जनमोर्चा बाहेकका दलहरूले सरकार गठनमा सहमति गरेका छन् । सरकारको नेतृत्व प्रचण्ड गर्ने सहमति भएको छ ।
सरकारमा दाबी पेश गर्ने एमाले, माओवादीलगायत गठबन्धन दलका अन्य नेताहरू राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।