२१ जेठ २०८३, बिहीबार

दलका कार्यकर्ताहरूलाई बद्रीको सुझाव- गीत बजाउँदै नाच्नुहोस्, गीत म गाइदिन्छु

दलका कार्यकर्ताहरूलाई बद्रीको सुझाव- गीत बजाउँदै नाच्नुहोस्, गीत म गाइदिन्छु

लोक गायक बद्री पंगेनीले राजनीतिक दलका कार्यकर्ताहरूलाई मनपरी मुख नछाड्न सुझाव दिएका छन् । ५ दलीय गठबन्धन टुटेर नयाँ एमाले–माओवादीसहितको गठबन्धन बनेपछि उनले सामाजिक सञ्जालमार्फत त्यस्तो सुझाव दिएका हुन् । उनले २०८४ सालको निर्वाचनमा आपसमा काटाकाट, मारामार नगर्न र मनपरी मुख नछाड्न सुझाव दिएका हुन् । 

पंगेनीले सामाजिक सञ्जालमा लेखेको छन्, ‘..... त्यसैले राजनैतिक दलहरूका कार्यकर्ताहरूलाई मेरो विनम्र अनुरोध – २०८४ सालको निर्वाचनमा, एकआपसमा काटाकाट मारामार नगर्नुस् मनपरी मुख नछाड्नुस् । आफ्नो पार्टीको झण्डा बोक्नुस् एजेन्डा बोक्नुस् गीत बजाउँदै नाच्नुस् । गीत त म गाइदिन्छु ।’

२०७४ सालको निर्वाचनमा ‘सै पनि एमाले मै पनि एमाले’ गीत गाएर चर्चा कमाएका बद्रीले गत निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थनमा गीत गाएका थिए । यसअघि एमालेनिकट भनेर चिनिएका उनले माओवादीको समर्थनमा गीत गाएपछि सामाजिक सञ्जालमा उनको आलोचना गर्नेहरूको संख्या पनि धेरै देखिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्