२१ असार २०८३, आइतबार

कोशीमा बगाइएका बालकको परिवारको दर्दनाक पीडा, आमाको काखमै कमलुको मृत्यु

कात्तिक २०, २०७४
कोशीमा बगाइएका बालकको परिवारको दर्दनाक पीडा, आमाको काखमै कमलुको मृत्यु

सप्तरी, ३२ साउन- लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन् । छोराको काजक्रियाका लागि मंगलरबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए । ‘मसँग एक रुपैयाँ पनि थिएन । त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्ल अवस्थाका फुदनले भने ।Saptari-

मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोशीमा बगाइएको थियो । यहाँ अभाव जमिनको मात्रै छैन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन । यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ । उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन्, कान्तिपुरमा खबर छ ।
‘एक हप्ता अघि काम गर्न म धरान जाँदा छोरो राम्रो थियो, बाढीले खाइदियो,’ उनले भक्कानिदै भने, ‘अब काजक्रियाका लागि पैसा समेत छैन ।’ कमलुको मृत्यु भएदेखि उनकी आमा विमली अर्धबहोस छन् । श्रीमान्सँगै पुग्दा उनले बाढीले बर्बाद गरेको आफ्नो घरतिर हेर्न सकिनन् । सदाको घर वरिपरि पानी कम भए पनि अझै केही दिन घरमा बस्न सक्ने अवस्थामा छैन । घरमा बस्न नमिल्ने भएकैले उनीहरु पालमा काजक्रिया गर्ने तयारीमा लागेका हुन् ।

विरामी परेका कमलुलाई उपचारका लागि सीमा पारी भारत कुनौली बजार पुर्‍याइएको थियो । ‘कुनौली लैजादा मसँग छाता थिएन, पानीमा भिज्दै लगेका थियौं,’ बिमलीले भनिन् । अस्पतालमा आमाको काखमै कमलुको मृत्यु भएको थियो । त्यही दिन फुदनका भाइले कोशीमा बगाएर सदगद गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्