
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दौरा सुरुवाल लगाएर शपथग्रहण गर्ने तयारी गरेका छन् ।
यसअघि दुई कार्यकालमा कोट-पाइन्ट लगाएर शपथ लिएका प्रचण्डले तेस्रो कार्यकालको शुरूआत दौरासुरुवालबाट गर्ने तयारी गरेको खुमलटार स्रोतले जानकारी दियो ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न ४ बजे शपथको कार्यक्रम छ ।
नेपाली पहिचानको पोशाक दौरासुरुवाल नलगाएको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो । प्रचण्डका लागि दौरा सुरुवाल तयार हुँदै गरेको स्रोतको दाबी छ ।
शुरूमा टोपी समेत नलगाउने प्रचण्डले पहिलोपटक प्रधानमन्त्री भएदेखि भादगाउँले टोपी लगाउन थालेका थिए ।