२१ जेठ २०८३, बिहीबार

नयाँ सरकारलाई शेयर बजारको स्वागत, ५६ अंकले बढ्यो नेप्से

नयाँ सरकारलाई शेयर बजारको स्वागत, ५६ अंकले बढ्यो नेप्से

नयाँ सरकार आएसँगै शेयर बजारमा सकारात्मक संकेत देखा परेको छ ।

आइतवार बिदाको दिन (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री नियुक्त भएका थिए ।

सोमवार बिहानदेखि नै विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाले शेयर बजारमा रौनक देखिएको थियो ।

अन्तिममा पौडेल नै उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजार थप उचालिएर ५६ दशमलव ८६ अंकको वृद्धि भयो ।

३ दशमलव ०५ अंकले बढेको बजार १९२४ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले आजै अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्