२० असार २०८३, शनिबार

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनी १८ मतसहित संसदीय दलको नेता चयन भएका हुन् ।

उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत मात्रै पाएका छन् । १ मत बदर भएको छ ।

कांग्रेस संसदीय दलको नेतामा २ जनाको उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारी दर्ता गरेकामध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिन नचाहेपछि निर्वाचन भएको थियो ।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्