२२ असार २०८३, सोमबार

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति मन्त्रिपरिषदमा पुग्यो

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति मन्त्रिपरिषदमा पुग्यो

सरकारले ‘अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९’ तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले भौतिक पूर्वाधार, यातायात तथा सञ्चार प्रविधिलाई अपाङ्गतामैत्री बनाउने उद्देश्यसहित तयार गरिएको सो नीति मन्त्रिपरिषद्मा पेस भएको जानकारी दिइन् । 

श्रवण दृष्टिविहीन अभिभावक सङ्घ, नेपाल नेत्रहीन सङ्घ, अपाङ्गता भएका महिलाको महासङ्घ, राष्ट्रिय बहिरा महासङ्घद्वारा संयुक्तरुपमा आयोजित अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि सूचना तथा सञ्चारमा पहुँचसम्बन्धी गोष्ठीमा उपसचिव मिश्रले सो जानकारी दिएकी हुन् ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घका अध्यक्ष केदाप्रसाद (केपी) अधिकारीले भने, “मुलुक सङ्घीयतामा कामय भए पनि अपाङ्गताको अवस्थामा परिवर्तन आएको छैन । संविधानमा भएका अधिकार कार्यान्वयनमा ल्याउन सबै निकाय जिम्मेवार हुन आवश्यक छ ।” 

salt training

कमेन्ट गर्नुहोस्