काठमाडौं, ३२ साउन– गायिका वर्षा कर्माचार्यले आफ्नो अर्को गीत ‘आकाशको तारा’ लाएर आएकी छन् । उक्त गीतको भिडियो हालै मात्र युट्यूवमा सार्वजनिक भएको छ ।
गीतको भिडियोमा गायिका वर्षाले नै मोडलिङ गरेकी छन् । जसमा उनको बोल्ड अवतार देख्न सकिन्छ ।
संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको म्युजिक भिडियोको एरेन्ज पनि हरकुलिशले नै गरेका छन् ।
धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा वर्षासंगै शिव गुरुङ फिचरिङ छन् ।
२ वर्ष अगाडि ‘विस्तारै विस्तारै’ बोलको गीत ल्याएकी वर्षाले यो अर्को नयाँ गीत ल्याएकी हुन् । ‘विस्तारै विस्तारै’ जस्तै आफ्नो यो गीत पनि हिट हुने उनको भनाइ छ ।