
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारलाई चार बुँदे सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत् आज स्टाटस पोष्ट गर्दै उनले सरकारलाई यो वर्ष ८० प्रतिशतभन्दा बढी विकास खर्च गर्न सुझाव दिएका हुन् ।
त्यस्तै, जनताको रकम सरकारले चोर्ने काम गर्न नहुने, साधारण खर्च गत सालकै तहमा राख्न उनले सुझाव दिएका छन् । सोहीअनुसार काम नगर्ने ठेकेदार आफ्नै घरबेटी भए पनि कारवाही गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।