२१ असार २०८३, आइतबार

बाढीले डुबेको विराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन, विमानस्थल खुल्न केही दिन लाग्ने

कात्तिक २०, २०७४
बाढीले डुबेको विराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन, विमानस्थल खुल्न केही दिन लाग्ने
विराटनगर, १ भदौ-विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । 

साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन् । 

यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले मौसमले साथ दिएमा भदौ ३ गते अपराह्नदेखि नियमित उडान सुचारु हुने जानकारी गराउनुभयो । 

वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्याँक संकलन कार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फ मात्र ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो । 

विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भिओआर उपकरणमा कुनै क्षति नभएकाले लेदो पखालेपछि नियमित उडान गर्न सकिने प्रमुख सिंहले थप्नुभयो । 

हटाइएको हिलोलाई व्यवस्थापन गर्नका लागि एउटा डोजर, दुईवटा ट्र्याक्टर र चारवटा दमकल परिचालन गरिएको छ । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्