×

NMB BANK
NIC ASIA

माओवादीले विश्वास तोड्दा गठबन्धन टुट्यो, अब एक्लै जित्ने पार्टी बनाउँछौं : कांग्रेस

पुस २०, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रदेखि प्रदेशसम्मै कांग्रेसको उपस्थिति यसपटक बलियो रहेको भन्दै सशक्त भएर प्रस्तुत हुने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘संसदमा हाम्रो उपस्थिति बढेको छ । पहिलेको जस्तो एउटै दलको प्रचण्ड बहुमत नभएको अवस्था छ । यो अवस्थामा हाम्रो भूमिका बढेर जान्छ । किनकि यसबेला हामी केन्द्रदेखि प्रदेशसम्मै सबैभन्दा ठूलो दल पनि छौं ।’
 
प्रतिकूल अवस्थामा कांग्रेस नेतृत्वमा गठबन्धन बने पनि माओवादीले विश्वास तोडेको उनले बताए । ‘निर्वाचनमा सन्तोषजनक सफलता प्राप्त गर्‍यौं । निर्वाचनको बेला पनि गठबन्धन तोड्न नखोजिएको होइन तर हामीले बचायौं । विश्वासमा माओवादीहरू कायम रहन चाहनुभएन । विश्वासमा कायम नभएको अवस्थामा यो परिणाम आएको हो,’ महतले भने, ‘तर गठबन्धन तोडिनुमा सभापतिको भूमिका धेरै छ । पार्टीका अरु साथीको भूमिका कम छ भन्ने होइन । कांग्रेसको कार्यसम्पादन समितिले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने सर्वसम्मत निर्णय थियो । राष्ट्रपति र प्रधानमन्त्रीको दुवै पद छोड्नुहुँदैन, यो मान्य हुँदैन भन्ने थियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वास गर्दा जसले विश्वास तोड्छ, त्यसमा नियन्त्रण नहुने हिसाबले पनि हेर्न उनले आग्रह गरे । गठबन्धन भत्किँदा कांग्रेसमा कुनै विवाद, आरोप–प्रत्यारोप नभएको जिकिर पनि उनले गरे । 


Advertisment
Nabil box
Kumari

‘एक्लै जित्ने पार्टी बनाउँछौं’

Vianet communication
Laxmi Bank

गठबन्धन रहन्छ भन्ने आमआकांक्षा भएको अवस्थामा अनायास नहुँदा सबैथोक बिग्रिएको जस्तो देखिएको पनि उनले बताए । ‘गठबन्धन रहला भन्ने थियो तर अनायासै टुट्दा के भयो भनेर निराशा जस्तो ‘सेटब्याक’ जस्तो देखिए पनि ‘सेटब्याक’लाई अवसरमा परिणत गर्छौं,’ महतले भने, ‘भोलिका दिनमा एक्लै पनि जित्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई रूपान्तरण गर्छौं । २२ गतेको बैठक २८ गतेलाई सारिएको छ । समीक्षा गरेर यसको आधारमा अगाडि बढ्छौं ।’

केन्द्रीय कार्यसमितिको बैठकपछि भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता पाउने र यसको लागि पार्टीमा सबैसँग सरसल्लाह हुने पनि उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x