२१ असार २०८३, आइतबार

सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तयार, वर्षमान बिरामी भएकाले हुनसकेन अन्तिम छलफल

सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तयार, वर्षमान बिरामी भएकाले हुनसकेन अन्तिम छलफल

सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ । 

बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जानकारी दिए । उनले सो ड्राफ्टको दफावार छलफल गरी शुक्रवार (भोलि)सम्ममा सबै काम सकिने बताए । 

‘सरकारको साझा कार्यक्रम मस्यौदा गर्नको लागि कार्यदल गठन भएको कुरा यहाँहरुलाई जानकारी नै छ । हामीहरू बेला–बेलामा कार्यदलको बैठक बसिरहेका छौँ । हाम्रो तयारी कार्य अगाडी बढेको छ । सरकारमा सहभागी हुने विभिन्न दलहरुको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रुप दिन्छौँ र त्यसलाई हामी प्रस्तुत गर्छौँ’, उपप्रधानए एवं अर्थमन्त्री पाडेलले भने, ‘आज नै हामी टुंग्याउने तयारीमा थियौँ । ड्राफ्ट सकिइसकेको छ । त्यसमा छलफल गरेर टुंगो लगाउने कुरा थियो । आज वर्षमान पुनज्यू अस्वस्थ भएर उहाँ बैठकमा आउन सक्नुभएन । त्यसले गर्दा आजको बैठकलाई हामीले भोलि ११ बजेको निम्ति सारेका छौँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’

कार्यदलको बैठक शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्