
गृह मन्त्रालयबाट निर्देशन भएपश्चात तनहुँमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका छन् । मापदण्ड विपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका हुन् ।
दर्ता नभएका, सञ्चालनको अनुमति नलिएका र नवीकरण नगरिएका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधनमा संलग्न रहेका जिल्लाका क्रसर उद्योग बन्द गरिएको छ । गत बुधबार गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई दर्ता र नवीकरण नभएका तथा मापदण्ड पालना नगरेका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि तनहुँमा सञ्चालनमा रहेका सबै क्रसर उद्योगमा ताला लगाइएको छ ।