०६ असार २०८३, शनिबार

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ६ गतेदेखि

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ६ गतेदेखि

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा माघ ६ देखि माघ ८ गतेसम्म ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदैछ ।

‘नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ मिडिया स्पेस सोलुसन्स (एमएसएस), एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (ईटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो । 

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा ३ विशेषताहरू प्रदर्शनी, सम्मेलन र साझेदारी सम्मिलित रहेका आयोजनाले जनाएको छ ।

‘यी ३ विशेषतालाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थ केयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्दछ । नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दीगो विकास पनि ल्याउन सक्ने सम्भावना रहन्छ,’ आयाजकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा भित्रिने औषधोपचारका सामग्रीमा भारत लगभग ८०% आयातको साझेदार हो । तसर्थ अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीप (अर्थात् भारत वर्ष) का विभिन्न सरोकारवालाको ध्यानाकर्षण गर्न निकै मद्दत गर्ने जनाइएको छ । ‘नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने बागडोर पनि बन्नेछ । यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्‍याउँछ ।’

प्रदर्शनीले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीतिनिर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने जनाइएको छ । एक्सपोले नयाँ आविष्कारहरू र नयाँबजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेका छन् ।

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउन चाहने इच्छुकलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णमा दर्ता खुला भएको विज्ञप्तिमार्फत जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्