पोखरामा गत आइतबार विमान दुर्घटनामा परी निधन हुनेहरुको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
क्याबिन क्रु एशोसिएशन अफ नेपाल एयरलाइन्सले मृतक आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो । आइतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।
चालक दलका सदस्यसहित ७२ जना सवार विमानमा अहिलेसम्म ७० जनाको मृत शरीर संकलन गरिएको छ । दुई जनाको खोजि कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको बताइएको छ ।